सुर्खेत ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा अन्तर विद्यालय स्तरिय मेयर कप प्रतियोगिता हुने भएको छ । नगरपालिकाको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार नगरपालिका भित्रका विद्यालयहरुको बीचमा प्रतियोगीता हुने भएको हो । मेयर कप प्रतियोगिता माघ २४, २५ र २६ गते गरी ३ दिन सम्म चल्ने नगरपालिका कार्यालयले जनाएको छ । प्रतियोगितामा नगरपालिका भित्रका आधारभुत तथा माध्यामिक तह सञ्चालन भएका सामुदायिक तथा संस्थागत विद्यालयहरु सहभागी हुने नगरपालिकाका कार्यकारी अधिकृत टिकाराम ढकालले बताए । प्रतियोगिताको माघ २४ गते सूर्यज्योती माध्यामिक विद्यालयको खेलमैदानमा उद्घाटन हुनेछ । प्रतियोगिता नगरकार्यपालिका अन्तर्गत शिक्षा, यूवा तथा खेलकुद शाखाले आयोजना गरेको हो ।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here