– सरगम भट्टराई

मेरो देशको अक्षय पहरामा
अकण्टक मुस्कुराउने मेरी गुराँस
तिमी आकाशकुसुम हौ कि जस्तो लाग्छ
बशन्त आर्तवकी
सुन्दर बेहुली हौ कि जस्तै लाग्छ
यस्तो लाग्छ
तिमीलाई देख्दा म उऋण भईसकेको छु
आफ्नै ऐश्वर्यको कण्ठश्री पहिरिएर
आफैलाई तिम्रो श्रीयुक्त भन्न मन लाग्छ
मेरी प्रिय लालीगुराँस
तिमीलाई मेरै हृदयमा सजाउन मन लाग्छ
मेरी गुराँश मेरी गौरव
तिम्रो सुगन्धित स्पर्शमा
मलाई मिलेको त्यो अनमोल स्वर्गीय आनन्द
म किमार्थ बर्णन गर्न सक्दिन
बस् यत्ति थाहा छ
तिमी मेरी मनकी गुराँश
मेरो गौरव हौ
मेरो देशको गौरव हौ
तिमी फूल्दा हाँस्ने ती उराठ पहरा
तिमी फूल्दा हाँस्ने मेरो उदास चेहरा
मिल्छ भने सधै फूलिरहनू है !

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here