काठमाण्डौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमको शुभारम्भ गरेका छन् । जेष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौं बैंक खाता कार्यक्रमको प्रधानमन्त्री ओलीले आइतबार शुभारम्भ गरेका हुन् ।
चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएको यो कार्यक्रम नयाँ वर्षको अवसर पारेर शुभारम्भ गरिएको हो ।
सबै नेपालीको बैंक खाता कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीले आफ्नो बुबाको खाता खोलेर कार्यक्रमको उदघाटन गरेका हुन् । कार्यक्रम अनुसार नयाँ बचत खाता खोल्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले प्रतिखाता सय रुपैयाँ हालिदिने भएका छन् । यसका लागि राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिइसकेको छ ।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here