सुर्खेत।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भेरी बबई डाईभर्सनको सुरुङमार्ग शिलान्यासका क्रममा तत्कालिन सरकारले गरेका प्रतिवद्धता पूरा नभए भेरीको पानी बबईमा खस्न नदिने चेतावनी दिएका छन् । नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं. १को क्षेत्रिय समितिले सोमबार गुर्भाकोटको मेहेलकुनामा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै महामन्त्री खड्काले भेरी नदी र स्रोत क्षेत्रमा खानेपानी, सिंचाई, विद्युतीकरण, सडकलगायतका जनताका आधारभूत आवश्यकता र पूर्वाधार निर्माण गर्ने विगतको सरकारको प्रतिवद्धता पूरा हुनुपर्ने बताए ।
बबईमा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्नुअघि चिप्लेमा सुरुङ आउने बेलासम्म जनतामा उल्लेखित मागहरु पूरा गर्ने प्रतिवद्धता जनाएको स्मरण गर्दै खड्काले ति प्रतिवद्धता वर्तमान सरकारले पूरा नगरेसम्म भेरीको पानी बबईमा खस्न नदिने चेतावनी दिए। महामन्त्री खड्काले अर्बौ लगानीमा सुरुङमार्ग निर्माण गरेर बर्दिया र बाँकेका सुख्खा जमिन हराभरा बनाइँरहँदा भेरी नदी र स्रोत क्षेत्रका जनताा आधारभूत आवश्यकताहरु पूरा गर्नुपर्ने बताए ।

उनले भेरीको पानीले बाँके र बर्दियाका ५२ हजार हेक्टर जमिन हराभरा हुँदा प्रभावित क्षेत्र र स्रोत क्षेत्रका जनताका जमिन बाँझै रहने अवस्थाको अन्त्य हुनुपर्ने बताए । भेरीको पानी अर्बौ लगानीमा सुरुङमार्गमार्फत बबई नदीमा झारेर बर्दिया र बाँकेका सुख्खा जमिनलाई हराभरा बनाउने तयारी हुँदै गर्दा भेरी नदी वारी र पारी र स्रोत क्षेत्रका प्रभावित जनताका न्यूनत आवश्यकता पनि पूरा नहुने अवस्था देखिएको भन्दै खड्काले सिंचाई, बाटाघाटा, खानेपानी, सडक, विद्युत उत्पादनको ५० प्रतिशत राजस्व प्रभावित क्षेत्रका जनताले पाउने कुराको ग्यारेन्टी नहुँदासम्म कुनैपनि हालतमा भेरीको पानी सुरुङमार्गबाट बबईमा खसाल्न नदिने बताए।

तोकिएको समय भन्दा १ बर्ष अगाडिनै सुरुङ खन्ने कार्य सम्पन्न भएको भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेक थ्रु गर्ने कार्यक्रम छ।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here