काठमाण्डौं।

चिनियाँ कम्पनी हुवावेले अहिलेसम्मकै सबभन्दा बढी क्षमताको जुम लेन्स क्यामरा भएको स्मार्टफोन बजारमा ल्याएको छ।

एक महिनाअघि पेरिसमा सार्वजनिक ’हुवावे पी३० प्रो’ गत साताबाट भारतमा उपलब्ध भएको छ। नेपालमा पनि यसको बुकिङ खुलेको छ। हुवावे पी३० प्रोको मूल्य १ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

यो फोनमा नयाँ प्रणालीका चारवटा क्यामरा छन्। सुपरस्पेक्ट्रम सेन्सर भएको ४० मेगापिक्सलको मुख्य क्यामरा छ भने २० मेगापिक्सलको अल्ट्रावाइड एंगल, ८ मेगापिक्सलको टेलिफोटो क्यामरा र हुवावे टिओएफ क्यामरा र सेल्फीका निम्ति ३२ मेगापिक्सलको क्यामरा छ।

हुवावेले यसलाई ’पेरिस्कोप’ फोन भनेको छ। पेरिस्कोपको सामान्य अर्थ लाउने हो भने यो त्यस्तो यन्त्र हो जसमार्फत् आँखाले सिधा देख्न नसकिने दृश्य पनि ऐना प्रयोग गरेर देख्न सकिन्छ।

हुवावेले यही प्रविधि पी३० प्रोमा प्रयोग गरेको छ। यो प्रविधिले पी३० प्रो मोबाइलले लामो दूरीसम्मको प्रस्ट फोटो खिच्न सक्छ। टाढाका दृश्य पनि फोनभित्रका लेन्सहरूले प्रस्ट्याउँदै ल्याउँछन्।

ज्गबधभष् एघण् एचय ँष्चकत क्ष्mउचभककष्यलकस् श्ययm ष्लतय द्यचभबतजतबपष्लन म्भतबष्कि

यसको नतिजास्वरूप हुवावेको यो फोनले ५० गुणा डिजिटल जुम गर्न सक्छ। अप्टिकल जुम नै ५ गुणा छ।

प्रविधिमा ठूलो फड्को मार्दै हुवावेले नयाँ फोन बजारमा ल्याए पनि प्रंशसाभन्दा बढी आलोचना पाएको छ। पी३० प्रोमा भएको क्यामरा कुनै पनि प्रयोगकर्तालाई आवश्यक नभएको र यसले जोखिम निम्त्याउने टिप्पणी सुरू भएका छन्।

यो फोनबाट एक घरबाट अर्को घरको कोठासम्म जुम गरेर सहजै दृश्य देख्न सकिन्छ। हामीले दूरबिनले दृश्य हेरेझैं सहजै देख्न सक्छ। कुनै पनि व्यक्तिलाई सामान्यतया यस्तो क्यामरा उपयोग नहुने प्रतिक्रिया इन्टरनेटमा देखिन थालेका छन्। यसले मान्छेको गोपनियता र सुरक्षामा जोखिम बढाउने देखिएको छ।

प्रविधि र गोपनियता आजका दिनमा एकअर्काका विरोधी भएका छन्। प्रविधिले प्रयोगकर्ताका गोपनियता भंग गरेका थुप्रै घटना छन्। हुवावेको यो क्यामरा प्रविधिले पनि यही बाटो समात्ने आकलन प्रविधि विज्ञहरूले गरेका छन्।

हुवावे पी३० प्रोको क्यामरा जोकोहीको हातमा सहजै पुग्न सक्छ। नियत खराब भएकाहरूसम्म पुग्न कुनै बन्देज हुँदैन। र, यो फोनले नियत खराब हुनेहरूको हातमा पुगेपछि भयानक रूप लिन सक्छ।

धेरै (मेगा) जुम गर्न सक्ने क्यामरा व्यावसायिक फोटोग्राफरका निम्ति बनेका हुन्। वाइल्डलाइफ वा खेलकुद क्षेत्रका फोटो खिच्नेहरूले पी३० प्रोकै गुणस्तरको क्यामराले फोटो खिच्छन्। तर नभुल्नुहोस्, ठूलो क्यामरा तेर्स्याएर फोटो खिच्नु र सानो मोबाइलले खिच्नुमा फरक छ। मोबाइलले कुन कुनाबाट कसरी फोटो खिच्दै छन् भन्ने थाहै हुँदैन।

त्यसैले हुवावेको पछिल्लो स्मार्टफोन पी३० प्रोको क्यामरामाथि सबैको प्रश्न उठेको छ, ’यो क्यामराको साँच्चै के काम छ?’

सेतोपाटीबाट साभार गरिएको

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here