काठमाडौं । नेपालको आफ्नै स्याटलाइट अर्थात् भू(उपग्रह पहिलो पटक अन्तरिक्षमा पठाइएको छ । अमेरिकाको भर्जि्नियास्थित प्रक्षेपण केन्द्रबाट बिहीबार बिहान २ः३१ बजे ‘नेपालीस्याट १’ नाम दिइएको नेपालको भूउपग्रह अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।

यो ननो स्याटेलाईट हो, यसको तौल झण्डै एक किलो छ । नेपाली भू(उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।

यो भू(उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहने छ र त्यसपछि अन्तरिक्षमा घुम्न सुरु गर्ने छ ।

यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिर र सूचनाहरू प्राप्त गर्न सक्ने छ । यो नेपाली भू उपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्के लगायत संलग्न थिए ।
अन्तरिक्षमा स्याटेलाईट पठाईनु नयाँ शुरुवात भएको भन्दै प्रधानमन्त्री केपी ओलीले सबैलाई बधाई दिएका छन।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here