काठमाडौं ।

सर्वोच्च अदालतले पब्जी खेल प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। आदेशमा पब्जी प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न भनिएके छ।

तपाईले हाम्रो यूट्युब च्यानल सब्सक्राईब गर्नु भयो? नगरेको भए यो लिंक खोलेर सब्सक्राईब गर्नुस है।https://www.youtube.com/c/RajanitiTV

पब्जी प्रतिबन्ध लगाउँदा अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हनन भएको भन्दै त्यसलाई बदर गर्न माग गरी अधिवक्ता प्रवीण सुवेदीसहित ६ जनाले सर्वोच्चमा वैशाख ३ गते रिट दायर गरेका थिए ।

यसअघि पब्जी खेल्दा विकृति देखिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here