सुर्खेत।
कर्णाली प्रिमियर लिग(केपीएल)को विजेता टिमले पाँच लाख पाउने भएको छ। आयोजक कर्णाली किक्रेट एकेडेमीले आईतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर पुरस्कार राशी, मुख्य प्रायोजक, टिम कप्तानको नाम घोषणा गरेको छ।
लिग बैशाख १२ गते देखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुरु हुँदैछ।
लिगको उपविजेताले दुइ लाख पाउने आयोजकले जनाएको छ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५० हजार पुरस्कार पाउने छन।
यसैगरी उत्कृष्ट बलर तथा ब्याट्सम्यानले २० २० हजार र प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ३ हजार ५ सय हात पार्ने छन।
आयोजकले प्रतियोगिमा सहभागीहुने आठ टिमको कप्तानको नामपनि सार्बजनिक गरेको छ। नेपाल आर्मीको टिमबाट विनोद भण्डारी,नेपाल प्रहरीबाट मन्जित श्रेष्ठ,एपिएफबाट बसन्त रेग्मी,कर्णाली ११ बाट रवीन्द्रजंग शाही,लालिगुराँस क्रिकेट क्लब झापाबाट मेहबुब आलम,हिमालय क्रिकेट एकेडेमि काठमाण्डौं बाट सुरेन्द्र चन्द, महेन्द्रनगर क्रिकेट क्लबबाट शुसिल खड्का र मध्यपश्चिम क्रिकेट एकेडेमीबाट अजय साहनीले टिमको कप्तानी गर्नेछन।
कर्णाली प्रिमियर लिगको मुख्य प्रायोजक वाईवाई चाउचाउ रहेको छ।
यसपटकको लिग कर्णाली प्रिमियर लिगको दोश्रो संस्करण हो।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here