गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ ।
सदरमुकाम तम्घासबाट बुटवल तर्फ गईरहेकोे लु २ त १७ नम्वरको जिप र विपरित दिशाबाट आउँदै गरेको लु १२ प २९७२ नम्वरको मोटर साईकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

श्रृंगा प्रहरी चौकी प्रमुख असई हरिकिशन पुनका अनुसार ठोक्किएर मोटर साइकल नालीमा लडेको थियो जिप भने करिव २ सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनास्थल श्रृंगाको विद्यालय भन्दा केहि तल र पिपलनेटा अगाडि करापोखरा भन्ने स्थानमा भएको हो।

घाइते हुनेहरुमा रेसुङ्गा नगरपालिका–२ तम्घासका ३८ बर्षिय गोपाल पोखरेल, मोटर साईकल चालक छत्रकोट गाउँपालिका–४ का १८ बर्षिय शालिकराम पन्थ , मुसिकोट नगरपालिका–४ बडागाउँका ताराबहादुर राजकोटी, मालिका गाउँपालिका–६ का २२ बर्षिय वसन्त पराजुली , अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का दिलिप केसी रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये तम्घासको पोखरेलको अवस्था गम्भीर छ । उनको हात टाउकोमा चोट लागेको छ ।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here