– सि.बि. रेग्मी

आजको मान्छे के मान्छे जान्न बुझ्न सकिन्न ।
को बाट जन्म्यो कहाँ जन्म्यो ठाँउ र बाबू चिनिन्न ।
कहाँबाट कुन्नी?कसरी ?जान्ने भयो त्यो मान्छे ।
प्रकृति पनि जमाना सुहाउदो जनमाउदि रहिछे ।

कत्ती रहेन आदर मर्यादा जसले जे गरे हुने भो ।
पैतृक सम्पत्ती लुछ्न बाबू मारे पनि हुने भो ।
न बर्कत छ कत्ती उसमा न विबेकले केही भयो ।
खाली जिब्रो घुमाउन जान्नु यत्ती मात्र सार भयो ।

आकाश छोइसक्यो अहमले पृथ्वी रित्तो हुन के बेर ?
प्रतिस्पर्धा निचको कहाँ हो र ? बन्नु छ सिंह शेर ।
मान्छे मानव अब के होला ? त्यो जन्तु हो वनको ।
प्रतिष्ठा बेइजत पुर्ण ढंगले ओइरो लाग्छ धनको ।

नजान्न चाहयो न मानव संरचना बुझ्यो ।
नचिन्यो आमा वुवा न दुख्खका आशुमा भिज्यो ।
न गुरु छ उसको ऊ आफै कसरी जन्म्यो लौ ।
केही हेर्नै सक्तैन जो कोहि बाच्नै पर्यो किन धौ ।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here