मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आमदानीका स्रोत बढ्नेछन् । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग रातो वा हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

न्यायिक कार्यमा सफलता मिल्नेछ । साथीभाईसंग समय बित्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । नयाँ कार्यको अवसर मिल्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग वैजनी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आफ्नो विचार विपरित निर्णय हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । सोमवारबाट साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । प्रेम प्रस्तावपनि आउन सक्छ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कार्य सम्पादनमा सहजता मिल्नेछ । अधुरो काम पूरा हनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । साताको मध्यमा सरकारी निकाएको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग सिन्दुरे वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शनगरी यात्रा आरम्भ गर्दा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघी बढ्नेछ । साताको अन्त्यमा चुनौतीको सामना गर्नुपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क ६,९ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको ध्यानगरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

साताको सुरुका दिनमा दबाब र तनाव बढेको महसुस हुनेछ र केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपरेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सोचेका काम पूरा हुनेछन् । धनको क्षेत्र सबल रहनेछ । आँटेको र ताकेको कार्य पुरा होला । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको दर्शन गरे सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । पुनर्मिलनको योग रहेको छ । लाभदायक यात्रा हुनेछन् । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला । यो साताका लागि शुभअङ्क ७,९ र शुभरङ्ग गुलाबी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरणगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । बौद्धिकताको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । श्रमको उचित मुल्याङ्कन हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोवारमा मन्दी आउनेछ । सामान हराउने योगपनि छ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग आकासे वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

काम नबन्नाले दिक्क लाग्नेछ । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला । कार्य सम्पादनमापनि समस्या आउला । मंगलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग नीलो वा घिउरङ्ग हो । शुभकर्म गर्नु पूर्व महाकालीको आरधनागरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल 977-9849559502 (अधिक जानकारीको लागि )

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here