काठमाण्डौं।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सरकारको पहिलो बर्ष तयारीमै बितेको बताएका छन। रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले अबको ६ महिना भित्र कर्णालीको विकासको समग्र गुरुयोजना तयार पारिसक्ने दाबी गरे।

पहिलो बर्ष कानुनहरु निर्माण गर्नुपर्ने र प्रशासनिक संरचना निर्माण गर्नुपर्ने भएकाले बजेट कार्यान्वयनको लक्ष्य भने आँफुहरुले भेट्न नसकेको स्पष्ट पारे।

कार्यक्रममा शाहीले संघीयता कार्यान्वयनको सवालमा पनि संघ, प्रदेश र स्थानीय तहबीच तालमेल नभएको बताए ।
प्रदेशमा आईपर्ने कतिपय प्राकृतिक विपदका समस्याको बारेमा आफूहरु गम्भिर भएपनि आवश्यक स्रोत र साधन नहुँदा अकालमै प्रदेशवासीहरुले ज्यान गुमाउनु परेको पनि शाहीले गुनासो गरे। विपद लगायत विरामीको उद्दार गर्न हेलिकोप्टर अत्यावश्यक भएकाले हेलिकोप्टर उपलब्ध गराउन केन्द्र सरकारसँग माग गरिएको पनि उनले बताए।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here