एजेन्सी।
बेलायतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । यौनकर्मीसँग सम्भोग गर्ने क्रममा आफ्नो यौनांगबाट कण्डम निकालेपछि एक युवकविरुद्ध बलात्कारको अभियोग लाग्यो र उनलाई १२ वर्षको जेल सजाय भएको छ ।
ली हगबेन नाम गरेका युवकलाई यो सजाय सुनाएको हो। पीडित यौनकर्मी महिलाको नाम भने खुलाइएको छैन । तर उनको उमेर २० वर्षको रहेको बताइएको छ । आफूमाथि कण्डम विनै जबरजस्ती यौन सम्पर्क गरेको भन्दै उनले पुलिसमा उजुरी गरेपछि प्रहरीले हगबेनलाई पक्राउ गरेको थियो।

सम्भोग गर्दा लगाएको कण्डम सम्भोग गर्दागर्दै निकालेपछि ती युवकमाथि असुरक्षित यौन सम्पर्कको प्रयास गरेको अभियोगमा यौनकर्मी महिलाले मुद्दा हालेकी थिइन् ।

अन्ततः उनलाई अदालतले १२ वर्षको जेल सजाय सुनायो । ती युवकले पीडित युवतीका अभिभावकहरुलाई मात्र होइन न्यायाधीशलाई पनि ज्यान मार्ने धम्की दिएका थिए ।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here