मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । सहयोगीहरूले काममा साथ दिनेछन् । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । साताको उत्तरार्ध बाट महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ भने शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला ।यो साताका लागि शुभअङ्क १,२ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । काम विगार्नेको सक्रियता रहने देखिन्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । मध्य सातामा प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग गुलाबी वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक वा कूटनीतिक नियोगको काम अघी बढ्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ साथै अकस्मात धन सम्पत्ति हात पर्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । कतै घुम्न जाने आकस्मिक योजना बन्न सक्छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । दाम्पत्य जीवनमा केही रमाइलो गर्ने अवस्था आउन सक्छ । कसैकसैको बसाइ सराइ हुनसक्छ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग निलो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

अनुहारमा कान्ति र मनमा शान्ति छाउला । घरमा अतिथीको आगमन हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । धार्मिक यात्राको योगछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा पारिवारभित्र तथा स्वजन र छिमेकीसँग असमझदारी बढ्नसक्नेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग खौरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । नाक तथा घाँटीमा समस्या आउला । यात्राको अवसरसँगै चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । मंगलबार पछिका दिनमा सहजता महसुस होला । दैनिक कार्यमा प्रगति हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

स्वजनबाट सहयोग मिल्ने र सुख शान्ति एवम् समृद्धि बढ्ने देखिन्छ । शुभारम्भको चर्चा चल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

राजनीतिक कार्यमा सफलता मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लक्ष्मीजीको कृपाको योग परेकोले अर्थलाभ हुनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here