काठमाडौं।
गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ । पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ को विषयलाई लिएर गीत बनाएका छन् ।
‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ती मगरले स्वर दिएका छन् । पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवस हुमागाँई र नविन घर्ती मगरले सम्पादन गरेका हुन् । यस्तै भिडियो शंकर बिसीले निर्देशन गरेका हुन् ।
यस अघि लुट्न सके लुट कान्छा बोलको गीत विवाद रहित हुन नसके पछि उनले उक्त गीत यूट्युबबाट हटाएका थिए।
हेर्नुस नयाँ गीतको भिडियोः

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here