छिन्चु, सुर्खेत।
नेपाल शिक्षक संघ भेरीगंगा नगर कार्य समितिले स्थापना दिवस मनाएको छ। नेपाल शिक्षक संघको ३० औं स्थापना दिवसको अवसरमा सोमबार सुर्खेतको छिन्चुमा स्थापना दिवस मनाईएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका संघको जिल्ला कार्य समिति सुर्खेतका अध्यक्ष गोविन्दराज गिरिले शिक्षकहरुले पेशागत हकहितका निम्ति लड्दै गर्दा आफ्नो कर्तव्य भुल्न नहुने कुरामा जोड दिए।
कार्यक्रमका बिशेष अतिथि नेपाली कांग्रेस भेरीगंगा नगर कार्य समितिका सभापति बेदु गिरिले नेपाल शिक्षक संघ नेपालको लोकतान्त्रिक आन्दोलनको एक हिस्सा रहेको र लोकतन्त्रवादी शिक्षकहरु आवद्ध नेपाली शिक्षकहरुको सबैभन्दा ठुलो संस्था भएकाले आफ्नो भूमिकालाई बढावा दिनुपर्ने धारणा राखे। कार्यक्रममा वडा नं. १२ का वडाध्यक्ष्य हरि प्रसाद कंडेल लगायतका वक्ताहरूले नगरस्तरीय शैक्षिक योजना तथा कार्यक्रम निर्माणमा विशेष चासो दिइ शैक्षिक विकासका काममा रचनात्मक सल्लाह र सुझाव दिन आवश्यक रहेको बताए । आफ्नो स्थापना दिवसको अवसरमा संघले १४ जना सेवा निर्वृत शिक्षकहरुलाई विशेष सम्मान गरेको थियो भने स्थायी शिक्षकको रुपमा विभिन्न विद्यालयमा पदस्थापन भएका १२ जना शिक्षकहरुलाई स्वागत गरेको थियो । संघको नगर कार्यसमितिका सचिव कुल बहादुर वलीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता भेरीगंगा नगर कार्य समितिका अध्यक्ष भुपेन्द्र बहादुर सिंहले गरेका थिए।

लोकतन्त्र, मानव अधिकार, शिक्षक हित र शैक्षिक उन्नयनका लागि भन्दै नेपाल शिक्षक संघको स्थापना २०४७ साल बैशाख ३० गते स्थापना भएको थियो।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here