कैलाली।
साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्र नेतृत्वको टोलीले नेपाल भारत सीमाको अवलोकन गरेको छ। भ्रष्टाचार विरुद्ध साझा सुदुरपश्चिम यात्रामा गएको साझा पार्टीको नेतृत्वले मंगलबार कैलालीको खक्रौला सीमा क्षेत्रको अवलोकन गरेको हो।
खक्रौला सीमा क्षेत्रमा पुगेपछि अस्तव्यस्त सीमा क्षेत्र देखेका मिश्रले अत्यन्त भावुक हुँदै सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेखेका छन।
सीमा क्षेत्रमा बर्षौ पुरानो देखिने थोत्रो सीमा साईनबोर्डको फोटो शेयर गर्दै मिश्रले थोत्रो सीमा साइनबोर्ड, हराएको जंगे पिलर र फाटेको मन लेखेका छन।
सीमा क्षेत्रको थोत्रो साईनबोर्डले सरकार सीमाबारे कति गम्भिर छ भन्ने प्रष्ट भएको मिश्रले बताए।
सीमा क्षेत्र अवलोकनका क्रममा स्थानीयसँग साक्षात्कार समेत गरेका मिश्रले सीमा क्षेत्रका नेपालीहरुको पिडाबारे पनि उल्लेख गरेका छन। सीमा क्षेत्रमा जमिनको लालपूर्जा नेपालीसँग भएको र भोगचलन भारतीयले गर्ने गरेको उल्लेख गर्दै सरकारलाई गम्भिर बन्न आग्रह गरे।
मिश्रसँगै खक्रौला सीमाको अवलोकन गर्न पार्टीका केन्द्रीय सदस्यहरु डा. सूर्यराज आचार्य, मुमाराम खनाल, किशोर थापा, केशव दाहाल, मानवी पौडेल लगायत पार्टीका सुदुरपश्चिम प्रदेशका सदस्य तथा शुभेच्छुकहरु गुगेका थिए।
भ्रष्टाचार विरुद्धको अभियानलाई तीव्र पारेको साझाले विभिन्न ठाउँमा आमसभा, कोणसभा र भेटघाट गर्दै सुदुरपश्चिम प्रदेशका सबै जिल्लाको यात्रा गर्ने बताईएको छ।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here