जुम्ला ।
जुम्लाको गोठीचौरको ५ सय ९० रोपनी सरकारी जग्गा जुम्लाका मालपोत अधिकृतका परिवारको नाममा रहेको खुलेको छ । जुम्लाको गुठिचौर गाउँपालिका ४ बाउलीगाउँका मातपोल अधिकृत गोविन्दप्रसाद न्यौपानेले सो सरकारी जग्गा श्रीमती, छोरी र परिवारका अन्य सदस्यको नाममा पास गराएको पाइएको हो ।

हाल सेवाबाट अवकाश लिईसकेका न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठिचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ३ लाख वर्ग्मिटर अर्थात ५ सय ९० रोपनी सरकारी जग्गा पत्नी गोमा, छोरी पार्वती र १४ जना आफन्तको नाममा दर्ता गराएको पाइएको छ ।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here