मोरङ ।
रिना बस्नेत मृत्यु प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका कमल नेपाल धरौटीमा रिहा भएका छन। मोरङ पथरी शनिश्चरे नगरपालिका– १ पथरी बजारमा पसल सञ्चालन गर्दै आएकी रिनाको शव ७ वैशाखमा डेरा अगाडि नग्न अवस्थामा भेटिएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनका प्रेमी कमल नेपाल र दमकमा दमक बजारमा होटल सञ्चालन गर्दै आएकी पूजा भनिने लक्ष्मी थापालाई पक्राउ गरेको थियो ।

रिनाको हत्या भएको पुष्टि नभएपछि जिल्ला प्रशासन कार्यालय मोरङले भने कमललाई १० हजार र लक्ष्मीलाई ५ हजार धरौटीमा छाडेको छ । दुबै जना बिहीबार छुटेका छन् ।

पोष्टमार्टम रिपोर्ट र घटनाको विस्तृत अनुसन्धानले हत्या भएको नदेखिएको प्रहरीको दाबी छ । अनुसन्धानका क्रममा प्रहरीले ३ जनाको पोलिग्राफ जाँच गर्नुका साथै ३७ जनाको लिखित बयान लिएको थियो ।

फरेन्सिक ल्याबको रिपोर्टमा पनि हत्या भएको नदेखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here