काभ्रेपलाञ्चोक ।
मण्डनदेउपुर–६ की सरिता दुलालको हत्यामा श्रीमान सुदिप सहित परिवारका अन्य सदस्यको समेत संलग्नता खुलेको छ । सरिताको हत्या आरोपमा प्रहरी हिरासतमा रहेका सुदिपले सरिता हत्यामा परिवारका सबै सदस्य संलग्न भएको प्रहरीलाई बयान दिएका छन।
१३ वैशाखमा घरमै मृत अवस्थामा भेटिएकी सरिताको हत्यामा उनका श्रीमान, जेठाजु र ससुरा प्रत्यक्ष संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको छ। हत्यामा सासु र जेठानी प्रत्यक्ष संलग्न नभए पनि उनीहरुको पनि भुमिका देखिएको छ।

परिवारका सबै सदस्यविरुद्ध कर्तव्य ज्यानको मुद्दा जिल्ला अदालतमा दर्ता गरी आइतबार मुद्दा पेश गर्ने प्रहरीको तयारी छ ।

श्रीमान सुदीप दुलाल, ससुरा पिताम्बर, सासु गंगा, जेठाजु केशव र जेठानी संगीता दुलाल प्रहरी हिरासतमा छन् । उनीहरुविरुद्ध सरिताका दाजु हिरामणि दाहालले किटानी जाहेरी नै दिएका थिए ।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here