काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा बादलले तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितका हत्याराहरु छिट्टै पत्ता लाग्ने बताएका छन । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा राजधानीम आयोजित कार्यक्रममा गृहमन्त्री थापाले हत्याराको खोजी प्रक्रिया सुरू गरिएको खुलासा गरे ।
गृहमन्त्री थापाले भने, ‘हामीले हत्याराको खोजी शुरु गरेका छौ, हत्याराहरु छिट्टै पत्ता लाग्छन।’

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । २६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सार्वजननिक हुन सकेको छैन ।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here