मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य सम्पादनमा सहजता मिल्नेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । लाभदायक यात्रा होला । अचल सम्पत्ती हात पर्ने योगछ । साताको मध्यमा महत्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग गाढा पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शनगरी यात्रा गर्दा अधिक लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ कामको थालनी हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । विद्यामा सफलता पाइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काम गर्ने उत्साह र हौसला मिल्नेछ । वाहान सुख मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ । मंगलवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूव दुर्गाजीको आरधना गरी यात्रा गर्नले अधिक सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग सिन्दुरे वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको आरधना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेमीको सहयोग पाईनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । मध्य सातामा केहि महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । विश्वास गरिएका व्यक्तिबाट धोका होला । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो गणेशजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आँटेकोे र ताकेको कार्य पुरा हुनेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान हराउने वा चोरी हुने भयछ । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । मध्य साताबाट शुभ कार्यको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । मनपर्ने व्यक्तिको साथ पाईएला । नयाँ कार्यको योजना बन्नेछ । मध्य साताबाट अनावश्यक यात्रा हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा पनि नोक्सानी हुनेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभ रङ्ग हरियो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । मित्र वा आफन्तको सहयोगबाट नयाँ कार्यको थालनी हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेदेखिन्छ । यो साताका लागि शुभअङ्क ५,६ र शुभरङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । मित्र संग मीठो भेट घाट रहनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । यो साताका लागि शुभअङ्क ३,५,र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सौन्दर्यतामा धन खर्च हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मध्य साताबाट कार्यमा सफलता पाइएला । नजिकको मित्रसँग भेटघाट हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल 977-9849559502 (अधिक जानकारीको लागि )

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here