काठमाण्डौं।
मदन भण्डारीको रहस्यमय मृत्युमा आधारित सिनेमा ‘दासढुंगा’को दोस्रो भाग निर्माण हुने भएको छ । सन् २०१० मा मनोज पण्डितले ‘दासढुंगा’को निर्देशन गरेका थिए । मदन भण्डारी नेपाल कम्युनिष्ट पार्टी एमालेका तत्कालिन महासचिव थिए। २०५० साल जेठ ३ गते भण्डारीको दासढुंगामा रहस्यमय सवारी दुर्घटनामा मृत्यु भएको थियो।
दासढुंगा काण्ड पछि त्यसको प्रत्यक्ष असर पारेका क्षेत्रको कथालाई सिनेमाले उठाउने छ । जसको लागि अनुसन्धान भैरहेको निर्माता अपिल विष्टले जानकारी दिए । सोमबार सिनेमाको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । जहाँ ‘राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दर्घटना’लाई सिनेमाले केलाउने प्रष्ट्याइएको छ । सिनेमाले ‘दासढुंगा’ हत्या हो कि दुर्घटना हो ? भन्ने प्रश्नको चिरफार पनि गर्ने विष्टले बताए ।

चलचित्रका लागि कास्ट एण्ड क्रु एकसाता भित्र फाइनल गरिने निर्माता विष्टले जानकारी दिए । सिनेमामा केहि ‘दासढुंगा’का कलाकार हुनेछन् भने, केहि नयाँको इन्ट्री हुनेछ । सिनेमाको लेखन र निर्देशन भने कुमार भट्टराईले गर्नेछन् ।

अपिल विष्ट फिल्मसको प्रस्तुति रहने सिनेमासँग अस सिनेमा र म्याजिक माउन्टेन मुभिजले सहकार्य गरेका छन् । कुशल पाण्डे निर्माता रहने सिनेमामा दीपक ओली र प्रकाश केसीले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नेछन् । भने, सह निर्मातामा प्रदीप आचार्य रहेका छन् ।

सिनेमा ‘दासढुंगा’मा सौगात मल्ल, अनुप बराल, संचिता लुइँटेल, दयाहाङ राई, विश्व बस्नेत, बिएस राणा, रामशरण पाठक, डा, केपी भण्डारीलगायतको अभिनय थियो ।

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here