Loading...
Saturday, August 24, 2019
काठमाडौं। गुहमन्त्रालयले तीनजना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालले उनीहरुको सरुवा गरेको हो । सरुवा अनुसार काठमाडौ परिसर प्रमुखमा उत्तमराज सुवेदी आएका छन। यसैगरी महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा आएका छन् भने र लागूऔषध अनुसन्धान ब्यूरोमा वसन्त कुमार लामालाई पठाईएको छ। यसअघि अपराध महाशाखामा...
सुर्खेत । वीरेन्द्रनगरमा दुई महीनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यहाँका धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा काकाकूल बन्दै गएका छन् । मन्त्री तथा सरकारी अधिकारीका निवासमा यो समस्या छ । यही चैत्र १५ गते नेपाल गुणस्तर तथा नापतौल विभाग सुर्खेत कार्यालयले मापदण्डविपरीत सञ्चालन भएको...
जनकपुर। धनुषामा एक यूवाले आफ्नै श्रीमतिलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन। धनुषाको शहिद नगरपालिका वडा नम्बर १ स्थित पुरवारी टोल चिरैया बस्ने २४ वर्षीय मुकेश गोइत यादवले पत्नी निर्मला यादवलाई घरमा कोही नभएको बेला कुटपीट गर्दै हातखुट्टा बाँधेर जलाएका थिए । उनको ७० प्रतिशत भन्दा बढि छाला जलेको छ...
काठमाडौं । सर्वोच्च अदालतले पब्जी खेल प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। आदेशमा पब्जी प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न भनिएके छ। तपाईले हाम्रो यूट्युब...
काठमाण्डौं। वैकल्पिक राजनीतिक शक्तिको रुपमा आँफुलाई उभ्याउँदै आएको विवेकशील साझा पार्टीले नयाँ बर्षलाई फरक तरिकाले मनाएको छ । प्रदुषण रहित राजनीति, प्रदुषण रहित वातावरण भन्ने मुल नाराका साथ विवेकशील साझाका सदस्यहरुले नयाँ बर्षको अवसर पारेर आईतबार लगनखेल बसपार्कमा सरसफाई गरेका छन। नेपालको राजनीतिमा प्रदुषण धेरै भएको र यस्को सफाई नगरे देश...
ओखलढुंगा । ओखलढुंगामा आइतबार जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ्ग गाउँपालिका–६ हिलेपानीमा भएको दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको हो । सोलुखुम्बुबाट काठमाण्डौ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नम्बरको जीप दुर्घनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले...
लमही । दाङ–सुर्खेत सडकखण्डमा सिर्जना भएकोे विवाद टुङ्गिएको छ । दाङको बबई गाउँपालिकाको वडा नं ४ र ५ मा पर्ने हापुरे बजार क्षेत्रको एक किलोमिटरमा स्थानीयवासीको विरोधका कारण निर्माणको काम अवरुद्ध भएको थियो । बजार क्षेत्रमा सात मिटर सडक कालोपत्रे गर्नुपर्ने र दायाँ छ मिटर र बायाँ छ मिटर छोड्नु पर्ने...
संखुवासभा – संखुवासभाको सभापोखरी गाउँपालिका-४ खेवरिङमा बाटो खन्ने क्रममा आइतबार डोजर दुर्घटना हुँदा चालकको ज्यान गएकाे छ । ज्यान जानेमा डोजर चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका-१ घर भएका २१ वर्षीय पतरुस श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष कुमार राईले बताउनुभयो । उहाँका अनुसार, आइतबार बिहान ९ बजेतिर बाटोको माथिबाट ढुङ्गा झरेर डोजरमा...
ओखलढुंगा । ओखलढुंगामा एसईई परीक्षाको तयारी पुरा भएको छ । आईतबारबाट शुरु हुने यस वर्षको एसईई परीक्षाको सम्पुर्ण तयारी पुरा भएको हो । यस बर्ष ओखलढुंगाबाट नियमिततर्फ र ग्रेड वृद्धितर्फ गरी कुल २ हजार ९ सय १२ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुंगाले जनाएको छ...
ओखलढुंगा । ओखलढुंगा– रुम्जाटर सडकखण्डमा पर्ने अस्थाई रुपमा बनेका घरटहराहरु धमाधम भत्काउन थालिएको छ । सडकखण्डको दायाबायाँ पाँच पाँच मीटरभित्र निर्माण भएका घर–टहराहरु भत्काउन थालिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थान तथा स्थानीय पूर्वाधार कार्यलयका अनुसार सडकखण्डको पाँच मीटर भित्र पर्ने घरटहराहरु सदरमुकामको रमाइलोडाँडाबाट...