काठमाण्डौं।

विवेकशील साझा पार्टीले भ्रष्टाचार र भू माफिया विरुद्ध देशव्यापी प्रदर्शन गरेको छ। बालुवाटार, हायात लगायत देशभरका अधिकांश सार्वजनिक जग्गा भू माफियाको हातमा गैसकेको भन्दै शनीबार देशभर प्रदर्शन गरिएको हो।
राजधानीको माईतीघर मण्डलामा आयोजित प्रदर्शनमा पार्टीका संयोजक रवीन्द्र मिश्र लगायतका नेता कार्यकर्ताको उपस्थिती थियो। प्रदर्शनका सहभागीहरुले सरकारी जग्गा हडप्ने माफिया हो कि नेता हो? भ्रष्टाचारी बहिष्कार माफियातन्त्र अस्वीकार, अख्तियारमै भ्रष्टाचार लाजै लाग्ने हे सरकार, ठुलो माछा कता छ सिंहदरबार जता छ, समाजवाद नांगियो, माफियातन्त्र झांगियो लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए।

हेर्नुस देशभर भएका प्रदर्शनका तस्वीरहरु:

यो समाचारमा तपाईको प्रतिक्रिया लेख्नुहोस ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here