Loading...
Wednesday, September 18, 2019
म यो देशको (अ)नागरिक सगरमाथाको मालिक पशुपति, लुम्बिनीको मालिक तर मेरो देश... म के माग्छु, के दिन्छ! मलाई एक छाक आवश्यक छ मेरो देश भू-उपग्रह दिन्छु भन्छ म पौरख दिन्छु भन्छु मेरो देश राहदानी ला भन्छ मलाई औषधी आवश्यक छ देश व्हिस्की खा भन्छ मलाई शिक्षा आवश्यक छ देश अष्ट्रेलिया जा भन्छ मलाई रोजगार आवश्यक छ देश कतार जा भन्छ मलाई साथी आवश्यक छ देश...
दिउसोको उज्यालो घाममा पनि चसक्क देश दुख्छ न न्याँय चल्छ न सरकार चल्छ चल्छ त केवल निर्णय अरु कसैको सुन्दै नसुन्ने निर्णय। शायद् अब देश मर्छ तर चिन्ता नगर यो उत्सवको समय हो किनकी यो सत्य हारेर असत्य जित्ने समय हो इमान मारेर उत्सब गर्ने समय हो ज्ञान मारेर छाती पिट्ने समय हो। अन्याँयको घनघोर जंगलमा जता हेर्यो न्याँय दुख्छ न सुन्छ न सुन्न चाहन्छ सुन्छ...